वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

 न्यूज विराट
वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा उद्योगका सञ्चालकलाई सो रकमबराबरको क्षति पुगेको सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘कैलाली र कञ्चनपुरमा ७० इँटा उद्योग छन् । तीमध्ये हरेक इँटाभट्टामा १२ देखि १५ लाख रुपैयाँसम्मको क्षति भएको छ ।’

घाममा सुकाइरहेका सबै इँटाहरू वर्षातले गलेपछि इँटा व्यवसायीलाई ठूलो क्षति पुगेको उनले बताए । ‘विगतका वर्षहरूमा पुस अन्तिम तथा माघमा पर्ने पानी यस वर्ष भने मंसिर अन्तिम सातामै पर्दा भट्टीमा हाल्नुअघि घाममा सुकाउँदै गरेका सबै इँटा पानीले सखाप पारिदिएको छ’, उनले भने, ‘अन्य वर्षमा हामीले घाममा सुकाइसकेर इँटालाई भट्टीमा राखिसकेपछि पानी पर्थ्यो ।’ महाकाली इँटा व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुडालले २०४७ सालपछि इँटा व्यवसायमा ठूलो क्षति अहिले नै भएको बताए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...

उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी...

माघ ११ देखि विराट एक्स्पो हुने, २६८ स्टल रहने

विराटनगर । आठौं संस्करणको विराट एक्स्पो हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो हुने भएको हो ।एक्स्पो तयारीबारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आर्थिक...

सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी पोष्ट निमुवा

विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवाको बिशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै आएको छ । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै...

टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु...

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।  प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नम्बरको...

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्