जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा - News Birat

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

न्यूज विराट

एजेन्सी, २३ मंसिर-जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् ।

सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए ।

उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७ सय ७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड-१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles