डलर सस्तो मूल्यमा दिने भन्दै १० लाख ठगी गर्ने गिरोह पक्राउ

 न्यूज विराट
डलर सस्तो मूल्यमा दिने भन्दै १० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, १९ असोज-अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा १० लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार उनीहरू एकै वडाका भए पनि चार स्थानबाट पक्राउ परेका हुन् ।

उनीहरूले विभिन्न प्रलोभन देखाई अमेरिकी डलर सस्तोमा दिने भन्दै पटकपटक फोन सम्पर्क गरी गत १२ साउनमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको पाँचखाल नपा–४ स्थित लामीडाँडामा बोलाएर १० लाख ठगी गरेका थिए । प्रहरीका अनुसार उनीहरूले शेर्पालाई गत २० असारमा अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर १७ हजार भेट्टाएको र सस्तो मूल्यमा उपलब्ध गराउने भनी जानकारी गराएका थिए ।

‘पैसा सटही गरेको दिन पनि अभियुक्तले १० लाख बराबरको मात्रै दिएको र बाँकी पछि दिने भनी रुमालले बेरेर नक्कली नोट दिएर फरार भएका रहेछन्’, प्रनाउ थापाले भने । उनका अनुसार गिरोहले शेर्पालाई ‘अहिले पोको नखोल्नु अरू कसैले वा प्रहरीले देख्यो भने हामी सबैलाई अप्ठेरो पर्छ’ भन्दै पैसा लिई फरार रहेका थिए ।

गिरोहले पैसा लिएर फरार भएलगत्तै शेर्पाले डलर भनिएको पोको खोली हेर्दा डलरको आकारमा काटिएको कागजको बीटा मात्रै फेला परेपछि प्रहरीमा जाहेरी परेको थियो ।

सम्बन्धित समाचार

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

सञ्चय कोषले सञ्चयकर्ताको भरोसा जित्नुपर्नेमा जोड

विराटनगर । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको भरोसा जित्दै अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा कोषलाई स्थापित गर्नेतर्फ अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा सोमबार भएको कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव समारोहमा सहभागिहरुले यस्तो बताएका हुन् ।...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो 

काठमाडौं, १८ साउन -नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीय महिला रहेकी छन् ।  ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा...

श्रम र रोजगार क्षेत्र कमजोर भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्