एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

 न्यूज विराट
एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षमा मोरङको विराटनगरबाट धनबहादुर काफ्ले र झापाबाट नगेन्द्र प्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
विराटनगरको एपोलो फार्मेशीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका काफ्ले समूहमा अनुभवी व्यवसायीहरु उठेका छन् । काफले समूहबाट उम्मेदवारी दिएका व्यवसायीहरु अनुभवी र व्यवसायीहरुको हकहितमा काम गर्ने इच्छाशक्ति भएकोले उनीहरुको पक्षमा माहोल राम्रो देखिएको औषधी व्यवसायीहरु बताउँछन् ।
काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद तिम्सिना, थोक उपाध्इक्षमा सुदिन ध्वज श्रेष्ठ, महासचिबवमा लक्ष्मण माझी र सहकोषाध्यक्षमा पुष्पराज पोखरेल रहेका छन् । अहिले प्रदेशमा उम्मेदवारी दिएका पाँचै जना मोरङका रहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार तिम्सिना यसअघि एनसीडिए मोरङका पुर्व अध्यक्ष हुन् भने महासचिवका उम्मेदवार माझी कोशीका पुर्वअध्यक्ष र सह–कोषाध्यक्षका उम्मेदवार एनसिडिए मोरङका निर्वतमान उपकोषाध्यक्ष रहेका थिए । मोरङबाट उम्मेदवारी दिएका पाँचै जनालाई विजयी गराउन एनसीडि मोरङ एकढिक्का हुने निर्णाय गरेको छ । संघको भवनमा आज भएको बैठकले मोरङबाट उम्मेदवारी दिएका पाँच जनालाई विजय गराउने निर्णाय गरेको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । ‘मोरङबाट उम्मेदवारी दिएका पाँचै जनालाई जिताउनको लागि हामी लागि पर्नेछौं । कार्यसमितिको बैठकले मोरङबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजय गराउनको लागि निर्णाय पनि भएको छ ,’ अध्यक्ष ढकालले भने, ‘बिहीबारदेखि मतदातासँग पुगेर भोट माग्ने अभियान पनि सुरू हुनेछ ।’ अध्यक्षका उम्मेदवार काफ्लले आफ्नो चुनावी एजेन्डा सुनाउँदै जिल्ला जिल्लामा पुगेर औषधी व्यवसायीहरुसँग भोट माग्ने बताए ।


एनसीडि कोशी प्रदेशमा पाँच पदमा चुनाव हुन लागेको छ । काफ्लेसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने नगेन्द्र प्रसाद बराल रहेका छन् । बरालको समूहबाट वरिष्ठ उपाध्यक्षमा सूर्य प्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । त्यसैगरी थोक उपाध्यक्षमा खेमराज बस्नेत, महासचिबमा रविन्द्र घिमिरेले र उपकोषाध्यक्षमा सेवक दाहालको उम्मेदवारी रहेको छ ।
एनसीडि कोशीमा १३१ जना मतदाता रहेका छन् । जसमध्ये सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा मात्रै २२ जना मतदाता रहेको बुझिएको छ ।

उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित
एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्वाचित निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा याम कुमार खड्का, बेद बहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु : दिल्ली र एनबीएससीको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स...

बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगीद्धारा राष्ट्र बैंक अगाडि धर्ना

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त...

हिमालय दर्शन कलेजद्वारा ९५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ९५ जना विद्यार्थी दिक्षित भएका छन् । कलेजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी बिएचम, विसिए, विआइएम र विएससी सिएसआइटीका ९५ जना विद्यार्थीलाई दिक्षित गरेको हो । दिक्षित भएका...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर...

३ जिल्लामा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्दै

काठमाडौं, २४ साउन-आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्