विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको हो । स्थायी ठेगाना बताउन नसक्ने उनी करिव एक सातादेखि सडकमा बसेको स्थानीय यूवाहरुले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।
सडकबाट उद्धार गरि प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव परीक्षण गरि आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताए ।