चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति - News Birat

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

न्यूज विराट

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।

उनले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको बताएका छन् । उनले घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गरिने बताए । २ हप्ता भित्र छानबिन समितिलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले मंगलबार उक्त घटनामाथि गृहमन्त्रीको जवाफ मागेपछि गृहमन्त्रीले छानबिन समिति गठन गरेको जानकारी गराएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles