तिलोत्तमा हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन - News Birat

तिलोत्तमा हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

न्यूज विराट

काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ ।

प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको हो । अनुसन्धान टोलीले अनुसन्धान सुरू गरिसकेको प्रदेश ५ प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जानकारी दिए । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।

उनलाई घटनास्थल नजिकै बेहोस अवस्थामा पक्राउ गरिएको डीआईजी धानुकले बताए । तिलोत्तमा नगरपालिका-१० को मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको राती हत्या भएको थियो । हत्यामा ज्यान गुमाउनेमा ५  मध्ये १ महिलासमेत रहेकी छिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles