भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना

 न्यूज विराट
भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना

एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो ।

त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका संक्रमितहरु निको भएका बताएको छ ।

सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र त्यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ ।

सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

हुम्लामा ६८ जनाको आरडीटी, सबैको रिपोर्ट नेगेटिभ

हुम्लाका ४ गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्‍यपिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले शंकास्पद ६१ पुरुष र ७ महिलाको द्रुत...

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बालाई मातृशोक

विराटनगर । प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बालाई मातृशोक परेको छ । सुब्बाकी आमा सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ सैनिक टोल निवासी देव कुमारी लिम्बुको ८९ वर्षको उमेरमा निधन भएको हो । उनका तीन छोरा र...

यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् । वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...

निर्वाचन आयोगद्वारा तीनवटा दल खारेज

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीनवटा दलको दर्ता खारेज गरिएको आयोगले सूचना प्रकाशित गरेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्