एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

 न्यूज विराट
एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।

काँग्रेसमा सत्ता भन्दा केहीमा ध्यान नभएको उनले बताए । ‘काँग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरुमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुची छैन,’ ओलीले भने, ‘एमाले देशमा स्थिरता होस्, स्थायीत्व होस्, लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन र विकासमा अगाडि बढौं भन्ने कुरा हो ।’

अहिलेको जटिल धेरै समस्याहरु साम्प्रदायिकताको कुरा भएको उनले बताए । ‘प्रतिगामी शक्तिहरु हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली काँग्रेसले बुझ्नै सकेन । उ नबुझि बुढो भयो,’ उनले भने ।

सम्बन्धित समाचार

सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट...

हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिदै

विराटनगर । नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

विराटनगर, १४ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १÷१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु...

विदेशबाट फर्कनेलाई यस्तो छ क्वारेन्टिन व्यवस्थापनको तयारी

काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्