यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

 न्यूज विराट
यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् ।

वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै उनीहरूले यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका हुन् ।

वैवाहिक समानताको कानून नहूदा यौनिक तथा अल्पसंख्यक समूदायका ब्यतिmहरुले आम्दानी कर पनि बढी तिर्नुपर्ने बताए । ब्लु डाइमन सोसाइटी नेपालले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले यौनिक तथा अल्पसंख्यक मैत्री काुनन निमार्ण नभएको कारणले आप्नो जीवन साथिलाई मृत्यु पश्चात सम्पति हस्तारतरण गर्न पनि नपाइने गरेको उनीहरुले बताए । उनीहरुले धर्म सन्तान ग्रहणको हकबाट पनि बञ्चित हुनुपरेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै ब्लु डाइमन सोसाइटीका कार्यक्रम संयोजक संजय शर्माले राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई पहिचानको आधारमा राज्यले नागरिकता दिनुपर्ने बताए । राज्यले गरेको विभेदको कारणले अहिले पनि यौनिक तथा अल्पसंख्यकहरुले अहिले पनि पहिचानको आधारमा नागरिकता नपाएको बताए । यस्तो विभेदकारी नीति तत्काल खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने बताए । ‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्वक बाँच्न पाउने अधिकारीबाट बन्चित हुनुपरेको छ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई नागरिकतामा बनाउन पनि समस्या रहेको उनले बताए । ‘अहिले पुरुष र महिलाहरुको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको नागरिकता नबन्दा रोजगारबाट बन्चित हुनुपरेको अवस्था छ,’ उनले भने, ‘राज्यले अब पहिचान अनुसारको नागरिता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरु थुप्रै सेवा सुविधाहरुबाट बन्चित हुनुपरेको अवस्था रहेको उनले बताए ।


परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्नेमा जोड दिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु पनि महिला पुरुष जस्तै यो देशको नागरिक भएकोले बिभेदकारी नीति अन्त्य गरिनुपर्ने बताइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राखेको कार्यक्रममा राज्यको नियकाहरुले बेवास्था गर्ने गरेको उनले गुनासो गरिन् । राज्ये हाम्रो मागको सुनवाइमा वेवास्था गर्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक नुमा (चन्चला) लिम्बुले राजनैतिक दलमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई पनि सभाबेश गरेर लैजानुपर्नेमा जोड दिइन् । देशभरीमा ८ देखि १० लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू रहेको जानकारी गराउँदै उनीहरूले राजनैतिक दलले यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएका व्यक्तिको समानुपातिक सहभागिताको सुनिश्चित हुनुपर्ने माग राखिन ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बुले यौनिक तथा लैङ्गि अल्पसंख्यक मैत्री कानुन निमार्ण गरेर प्रदेश सरकार अगाडी बढने प्रतिवद्धता जनाइन् ।

सम्बन्धित समाचार

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

बाँके र बर्दियामा थपिए काेराेनाका ४० संक्रमित

काठमाडाैं, २४ जेठ-बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । अस्पतालका अनुसार संक्रमित...

अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

देउवालाई सहयोग गर्ने माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेले नेता माधवकुमारसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने ११ सांसदलाई स्पष्टीकरण...

तुलसी सहकारी घोटला प्रकरण : अध्यक्ष शर्मालाई विराटनगर ल्याएर फेरी लगियो कैलाली

विराटनगर । बचतकर्ताहरुको करडौं रुपैयाँ घोटला प्रकरणमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएर फेरी कैलाली लगेको छ ।जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवदी रहेका शर्मालाई बिहीबार...

बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...

लेकाली समुदायमा न दसैँ आउँछ, न तिहार

विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्