विराटनगर, ८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ३६ महिला र ३५ पुरुष संक्रमित थपिएका छन् । मोरङको बुढीगंगामा दुई महिला चार पुरुष, सुन्दरहरैचामा दुई महिला दुई पुरुष, कटहरीमा दुई पुरुष, पथरीशनिश्चरेमा एक महिला , सुनबर्षी र धनपालथानका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा चार महिला नौ पुरुष, दुहवीमा एक महिला छ पुरुष, इटहरीमा एक पुरुष, झापाको विर्तामोडमा दुई पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा एक÷एक, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । बिहिबार पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ ।
प्रदेश १ मा बिहिबार ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म एक लाख १८ हजार आठ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।