गर्मी मौसममा आँखा पाक्ने रोगको प्रकोप, यस्ता छन् उपचार र रोगबाट बच्ने उपाय
सोमबार, १५ साउन, २०८०,
न्यूज विराट
गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।
कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ। कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ। यसमा आँखाबाट आँसु बग्ने चिप्प्रा लाग्ने परेलीको डिल सुन्निे हुन्छ। जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन्। कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ।
ब्याक्टेरियल कन्जन्टेभाइटिस आँखा पाक्ने रोग हो। यसमा आँखा रातो भई चिप्प्राले आँखा समेत टालिने गर्दछ। ब्याक्टेरियाको संक्रमणले गर्दा हुने यो रोग प्रायः बालबालिकामा बढी देखिन्छ। यो रोग लागेमा समयमै अस्पताल गई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु उचित हुन्छ। आँखा चिकित्सकको सल्लाह बिना आँफै औषधि किनी प्रयोग गर्नाले कहिलेकाहिँ आँखामा थप संक्रमण भई अन्धोपन समेत हुने गर्दछ।
भाइरल कन्जन्टेभाइटिस गर्मीयाममा बढीमात्रामा देखिन्छ। योे रोग भाइरसको संक्रमणले गर्दा हुने गर्दछ। यसबाट बालबालिकाहरु बढी प्रभावित हुन्छन्। यसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ, बढी आँसु बग्ने, चिप्प्रा लाग्ने भई परेलीको डिल सुन्निन्छ। कहिलेकाहिँ आँखाको नानीमा समेत संक्रमण भई घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने र धमिलो देखिन्छ। यो रोग एक्कासी देखिने र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने खालको हुन्छ। केटाकेटीमा कन्जन्टेभाइटिसको अलावा ज्वरो आउने सामान्य रुघा लाग्ने र कहिलेकाहिँ कान मुनिको ग्रन्थी सुन्निएर दुख्ने समेत गर्छ।
उपचार कन्जन्टेभाइटिसको उपचार चिकित्सकको सल्लाह बमोजिम गराउनु पर्दछ। ब्याक्टेरीयल कन्जन्टेभाइटिसमा चिप्प्राको जाँच गरी एन्टिबायोटिक प्रयोग गर्नु उचित हुन्छ। भाइरल कन्जन्टेभाइटिसको खास उपचार हुदैन तर अन्य संक्रमणबाट जोगिन एन्टिबायोटिक प्रयोग गरिन्छ। शितल हुने औषधि तथा कालो चस्माको प्रयोगले पनि केही राहत पुग्छ।
रोगबाट बच्ने उपाय कन्जन्टेभाइटिसको बिरामीले प्रयोग गरेको औषधि, आँसु पुछेकोे रुमाल र संसर्गबाट सर्ने हुनाले सकेसम्म बिरामीले प्रयोग गरेको बस्तु प्रयोग गर्नु हुदैन। सफा पानीले हातमुख धुनु पर्दछ। कन्जन्टेभाइटिसको भएका केटाकेटीहरुलाई स्कुल पठाउनु हुदैन ताकि अरुलाई नसरोस्। बिरामीसँग सुत्नु पनि हुँदैन।
आँखा चिलाउने रोग गर्मी मौसममा आँखा चिलाउने रोग पनि बढी मात्रामा देखा पर्दछ। पहिला आँखा रातो दखिन्छ। मिच्दा झन् रातो बढ्न जान्छ र सामान्य तथा थोरै चिप्प्रा लाग्दछ। चिप्प्रा, यसलाई एलर्जीक कन्जन्टेभाइटिस भनिन्छ। गर्मी मौसममा धुलो धुँवा बढी हुने तथा रुखहरुमा फुल फुलेर झर्ने हुनाले पनि एलर्जींको प्रकोप बढी मात्रामा देखा पर्दछ। खासगरी छाला चिलाउने रोग र हाछ्यूँ आइरहने बिरामीलाई यसले बढी असर पार्छ।
गर्मी मौसममा स्कूले केटाकेटीहरुमा र खासगरी पुरुष वर्गमा एक प्रकारको एलर्जीक कन्जन्टेभाइटिस देखिन्छ। यो रोग लागेको बिरामीमा आँखा चिलाउने राता देखिने धागोको त्यान्द्रा जस्तो चिप्प्रा लाग्ने हुन्छ। गर्मी मौसममा धुलो, धुँवा र घामको कारणले गर्दा यो रोगले बढी असर गर्छ। अन्ततः आँखा रातो मैलो ,हेर्दा डरलाग्दो र नानीमा समेत सेतो दाग देखा पर्न थाल्छ। कहिलेकाहिँ नानीमा संक्रमण भई दृष्टीमा समेत गम्भीर असर पर्दछ।
उपचार पद्दति सर्वप्रथम सुख्खा आँखाको समस्याबाट पिडित बिरामीहरुले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले मुख धुनु उपयुक्त हुन्छ। मोटरसाइकलमा हिँड्नेले भाइजर लगाउनु बेश हुन्छ। साथै परेलीको तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्याको तथा अन्य रोगको उपचार पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। मुख्यतया सुख्खा आँखाको उपचारको लागि कृतिम आँसु प्रयोग गर्नु बाहेक अर्को विकल्प छैन। साथै आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनु पर्दछ। घाममा निस्किँदा कालो चस्मा लगाउनु पर्दछ। कतिपय अवस्थामा औषधिको अलावा माइनर अपरेशनको पनि जरुरत पर्दछ। यो समस्याको लामो समय सम्म उपचार गराउनु पर्ने हुनाले चिकित्सकको निगरानीमा उपचार गराउनु उचित हुन्छ ।
(नेत्ररोग विशेषज्ञ तथा आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. अभिषेक सुवाल दिव्य ज्योती अस्पतालमा कार्यरत रहेका छन् । )
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको...
हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...
विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...
विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । उक्त...
काठमाडौँ, मंसिर ३ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव...
विराटनगर, जेठ १७–रुसमा हाल सम्म कोरोना संक्रमितको संख्या ३ लाख ९६ हजार नाघेको छ । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र ८ हजार ९ सय ५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख...
काठमाडौं, २६ माघ । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९...