विराटनगर, चैत १९–विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु हेल्प सोसाइटी’ ले लक डाउनका कारण काम गर्न नपाएर हातमुख जोर्न समस्यामा परेका १ सय ७० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।
लक डाउनका कारण काम गर्न नपाएर भोक भोकै बस्नुपर्ने अवस्था नआओस भनेर अति विपन्न परिवारलाई चामल, दाल, तेल, नुन, चाउचाउलगायतका खाद्यान्न वितरण गरिएको ‘बर्न टु हेल्प सोसाइटी’ का अध्यक्ष मजहर आलमले बताए । कारोना संक्रमणको जोखिमलाई मध्यजनर गर्दै घर–घरमै पुगेर राहत वितरण गरिएको संस्थाका सचिव मो. सोनुले जानकारी दिए ।