
जनकपुर, माघ २१–भन्सार कार्यालय जनकपुरधामका नायब सुब्बा अहमद रजा अन्सारी जनकपुरबाट घुससहित पक्राउ परेका छन् । अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासबाट खटिएको टोलीले एक लाख ५० हजार घूससहित सोमबार साँझ पक्राउ गरेको हो। नासु अन्सारीलाई सेवाग्राहीबाट घूस लिइसकेका अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।