स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

 न्यूज विराट
स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

विराटनगर, २ भदौ–जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थपनमा प्रमुखको भूमिकामा थिए ।

कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयका सबै ४३ जनाको स्वाब संकलन गरिएको थियो । प्रदेश प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । बस्नेतसँगै स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि गोठगाउँको आइसोलेसनमा खटिएका सोही कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै विराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टरसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार १ चिकित्सक, १ नर्स र दुई जना फार्मेशीका कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

मंगलबार थपिएका चार जनासँगै नोबेलमा संक्रमितको संख्या १८ जना पुगेको छ । यसअघि चार जना डाक्टर, ६ जना स्टाफ नर्स, २ जना अस्पतालका कर्मचारी र २ फार्मेसीका कर्मचारी रहेका छन् ।

हालसम्म अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी ५ सय ४८ स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । जसमध्ये ३ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं, १७ साउन-नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...

प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...

विराटनगरका रोहित चौधरीको हत्या आरोपी सार्वजानिक

विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

प्रदेश १ का स्थानीय तहलाई थप बजेट

विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय...

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्