प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

 न्यूज विराट
प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाबअन्तर्गत सङ्कलित २ सय ११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएकोे छ ।

कोरोना भइरस भए/नभएको छिटो पत्ता लगाउन गरिने ¥यापिड डाइग्नोष्टिक टेस्टअन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो ।

प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी छ ।

मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५ सय ९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ ।

होम क्वारेन्टाइनअन्तर्गत ३ हजार ४ सय १७ छन् । प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन् । प्रदेशमा परीक्षण किट्स आएसँगै परीक्षणको दायरा व्यापक हुने मुख्यमन्त्री शेरधन राईले जनाउँदै आएका छन् । रासस

सम्बन्धित समाचार

चितवनको फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

चितवन, २२ फागुन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका– १९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र...

लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...

संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

फाइजरको खोप आउँदै, वितरणमा सतर्क हुन आवश्यक

कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...

लगनशील र मेहनतले नै सफलता मिल्यो

विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल...

प्रथम रविदानन्द चौधरी कप: विराट युनाइटेड फाइनलमा

विराटनगर । विराटनगरको विराट युनाइटेड भेट्रान प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग भेट्रान इटहरीलाई ५–४...

न्यूजिल्याण्डमा कोरोना संक्रमण शून्य, प्रतिबन्धहरू फुकुवा

एजेन्सी, जेठ २६-न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमणको दर शून्यमा झरेको छ । संक्रमितको संख्या शून्यमा झरेसँगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ । न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्‍याउने उद्घघोष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्