अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने - News Birat

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

न्यूज विराट
काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो ।

‘मन्त्रालयले खाका बनाएको छ,’ मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले भने, ‘कोसँग शुल्क लिने कसलाई निःशुल्क उपचार गर्ने क्याबिनेटले निर्णय गर्नुपर्छ ।’ मन्त्रालयले लक्षण भएकाको मात्र उपचार सरकारले गर्ने लक्षण नभएकोले आफैँ गर्नुपर्ने निर्णय पनि गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles