जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

 न्यूज विराट
जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुर,  ३२ साउन-जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । 

रुघा खोकीसँगै ज्वरो आएपछि काव्या अस्पतालमा भर्ना भएका ती पुरुषको गत मृत्यु भएपछि उनको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो । परिवारले शव बुझेर अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका जनस्वास्वास्थ्य प्रशासक विजय झाले बताए ।
योसँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सम्बन्धित समाचार

टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

धौंखल वंशको १८ औं भेला भव्यताका साथ सम्पन्न, पाँच जना व्यक्तित्व सम्मानित

विराटनगर । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किम तथा आसाममा बसोबास गर्ने श्रेष्ठ समुदायको धौंखल वंशको १८ औं भेला सम्पन्न भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सौठा बजारमा आयोजित यस कार्यक्रममा परम्परागत संस्कृति...

विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

विराटनगर/विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मनिङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो...

३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुर, ७ जेठ-प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय...

बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

जनकपुर, २५ वैशाख-लकडाउनको बेला बाराको कबहीगोठस्थित नेपाल-भारत सीमानामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले विवादसमेत गरेका थिए । भारतीयहरूलाई...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्