टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

 न्यूज विराट
टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

यसको उद्देश्य भनेको जनतालाई कोरोनाविरुद्धको खोप सुरक्षित रहेको विश्वास दिलाउनु र खोपबारेको आशंका हटाउनु हो । यस्तै राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले स्वीकृति दिएपछि आफूहरुले खोप लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प भने यो विषयमा अहिलेसम्म मौन रहेका छन् । गत नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुनुअघि उनले डिसेम्बरसम्ममा अमेरिकी जनताले कोरोना भाइरसविरुद्धको खोप पाउने बताउदै आएका थिए ।

‘द गार्जियन’ को रिपोर्ट अनुसार उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोना विरुद्धको खोप नलगाउने आशंकाबारे जवाफ दिँदै आफूले स्वीकृति पाएपछि खोप लगाउने र यसमा कुनै दुई थरी धारणा आवश्यक नभएको बताएकी छन् ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पनि खोप लगाउने र यो खोप सबैका अघि लगाउन चाहेको उल्लेख गरेका छन् । अमेरिकाका तीन पूर्वराष्ट्रपतिहरु ओबामा, बुस र क्लिन्टनले पनि टेलिभिजनको लाइभ कार्यक्रममा नै खोप लगाउने घोषणा गरेका गरेका छन् । उनीहरुले आफूहरुले एफडीएको स्वीकृति मात्रै पर्खिरहेको उल्लेख गरेका छन् ।

तीन पूर्वराष्ट्रपतिसहितको सीएनएनको कार्यक्रममा बाइडेनले भने, ‘अमेरिकाका हरेक राज्य यो खोप पहिले आफूले पाउनुपर्ने चाहाना राख्छन् । म आफैं पनि यो खोप लगाउने पखाईमा छु । मैले मेरा पूर्वराष्ट्रपतिहरुबाट जिम्मेवारी निभाउन पछि हट्न हुँदैन भन्ने कुरा नै सिकेको छु ।’

हालसम्म एफडीएले कोरोना भाइरसविरुद्धको खोपलाई औपचारिक रुपमा मान्यता दिएको छैन । त्यसैले खोप लगाउन तीन पूर्व राष्ट्रपतिका साथै बाइडेन र ह्यारिसले केही समय पर्खिनुपर्नेछ ।

अमेरिकामा यो खोपलाई मान्यता दिने प्रक्रिया अघि बढेको भए पनि त्यहाँ गरिएको एक सर्वेक्षणमा ४० प्रतिशतले खोपबारे आशंका रहेको बताएका थिए । मानिसहरुमा साइड इफेक्ट र गम्भीर रिएक्शन देखिनसक्ने आशंका छ ।

सम्बन्धित समाचार

उपचार नगरी बिरामी फर्काउने स्वास्थ्य संस्थाको इजाजत खारेज गर्न निर्देशन

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न...

‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

२४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना

काठमाडौं, ८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४६...

विराटनगरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् । मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर...

कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...

चीनको क्विन्डाओका ६ जनामा कोरोना देखिँदा एकैसाथ ९० लाखको परीक्षण

एजेन्सी, २६ असोज चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका...

मिल्स नकआउट फुटबल : ब्राईट फियूचर र मोर्डन एरा सेमिफाइनलमा

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा ब्राइट फियूचर स्कुल र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइट फियूचर स्कुलले टाइब्रेकरमा पोखरीया स्कुललाई ५–४ गोलले हराउँदै विजयी भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्