विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा - News Birat

विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

न्यूज विराट

विराटनगर/विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मनिङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।जितको लागि मनिङको तर्फबाट सुरज श्रेष्ठ, बिमल गुरुङ १/१ गोल गरेका थिए भने डेनिफ राईले दुई गोल गरेका थिए ।

तालिम केन्द्रकोे तर्फबाट सुर्य तामाङले सान्तवना गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच मनिङको बिमल गुरूङ घोषित भए । शुक्रबार दिउँसो साढे २ बजे टिडब्लुवाइसि र विराटबुद्ध फुटबल क्लब बिच प्रतिस्पर्धा हुने संयोजक प्रभाकर थापाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles