चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बने महिन्दा राजापाक्ष 

 न्यूज विराट
चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बने महिन्दा राजापाक्ष 

एजेन्सी, साउन २५ -श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानिया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको शपथ लिएका थिए । शपथ कार्यक्रममा कूटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको उपस्थिति थियो ।

राजापाक्षले श्रीलंकामा योसहित चौथो पटक प्रधानमन्त्री पदको शपथ लिए । राजापाक्षको दल पेरामुनाले गत अगस्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उनको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।

श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रूपमा सम्पन्न भएको थियो ।

कोरोना भाइरसको महामारीका बाबजुद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी २० अगस्टमा सुरु हुनेछ । श्रीलंकाली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका २ सर्वोच्च राजनीतिक पदमा पुगेका हुन् ।

सम्बन्धित समाचार

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...

प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको हुँ : ओली

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको बताएका छन् । आफ्नो समूहले बुवटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण विघटन गरेकोब बताएका...

दल विभाजन अध्यादेश र नेकपा एस दर्ता बदर गर्ने रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरू

काठमाडौं, ८ असोज । राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश, त्यसका आधारमा निर्वाचन आयोगले संशोधन गरेको नियमावली र त्यसपछि दर्ता भएको नेकपा एकीकृत समाजवादी खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरू भएको...

चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

रंगेलीमा २८ संक्रमित थपिए

विराटनगर, ३० साउन–समुदाय स्तरमै संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार सो नगरपालिकाका ९ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको हो । आइतबार...

अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम

एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...

एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रदेश ५ को अति विकट...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्