विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई २४ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय - News Birat

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई २४ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

न्यूज विराट

काठमाडौं, जेठ २९-विशाक्त मदिरा सेवन गरी मृत्यु भएकाको परिवारका सदस्यलाई केन्द्रीय सरकारले क्षतिपूर्ति दिने भएकोछ । गृह मन्त्रालयको सिफारिसमा विषादी युक्त मदिरा सेवन गरी ज्यान गुमाएका महोत्तरी जिल्लाका १२ जनाको परिवार सदस्यलाई २ लाखका दरले क्षतिपूर्ति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा संचार प्रविधि मन्त्री डा. युवाराज खतिवडाले जानकारी दिए ।

‘विषाधीयुक्त मदिरा सेवनबाट मृत्यु भएका महोत्तरी जिल्लाका महिन्द्र चौधरीलगायतका परिवारलाई प्रतिमृतक २ लाखका दरले २४ लाख राहत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ’ उनले भने ।

राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसबमोजिम देवेन्द्र लाल कर्णलगायत १२ जना व्यक्ति तथा परिवारलाई १४ लाख ५२ हजार रुपैयाँ क्षतिपूर्ति स्वरूप उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles