गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो - News Birat

गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो

न्यूज विराट

पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरूलाई तनहुँकै अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles