र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

 न्यूज विराट
र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएकाले यसबारे थप स्पष्ट पार्न विज्ञप्ति जारी गरिएको उल्लेख छ ।

‘मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्‍यापिड टेस्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्‍यापिड टेस्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रस्ट पार्नुपर्ने आवश्यकता देखी यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले खरिद गरेको किटको गुणस्तर मापन भएपछि मात्र प्रयोग हुने मन्त्रालयले स्पष्ट पारेको छ । ‘सरकारले ल्याएको र्‍यापिड टेस्ट किटको गुणस्तर निर्क्याेल गरेपछि मात्रै प्रयोग हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो ।’

किटको गुणस्तर जाँच गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्रै प्रयोगमा ल्याइनेसमेत मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयले खरिद गरिएका किट चीन सरकारले प्रमाणित गरेको भन्दै अहिले युरोप अमेरिकाले पनि यही प्रविधिमार्फत कोरोना भाइरसको परीक्षण गरिरहेको उल्लेख गरेको छ ।

‘चीनबाट खरिद गरी ल्याएको र्‍यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा महामारी फैलिइहाले र एकैपटक हजारौँ टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्‍यापिड टेस्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदको पीसीआर प्रविधिबाटै जाँच गरी निर्याेल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको हो ।’

सम्बन्धित समाचार

मृगको मासु भाग लगाइरहेका ७ जना पक्राउ  

गोरखा, ३ जेठ-गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारबाट मृगको सिकार गरेको आरोपमा ७ जना पक्राउ परको छन् । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर...

सभामुख एमालेको निर्देशनमा चले:मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको...

न्यूरोको ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सुरू, घरमै बसेर अनलाइनबाट टिकट काटन सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ ।स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

रुसले फेरी बनायो कोरोनाको अर्को खोप

मस्को, ७ भदौ–रुसले कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको छ । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको छ । यो खोपको नाम एपिभ्याककोरोना राखिएको छ...

ग्रेडेड स्कुलमा मोनिटर छनौट, विद्यालय मोनिटरमा ईशान्त र कृती श्री निर्वाचित

विराटनगर । विराटनगर – ८ हाटखोलामा अवस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचनबाट मोनिटर तथा भाइस मोनिटर निर्वाचित गरेको छ । शैक्षिक शत्र २०८० को लागी स्कूलमा मोनिटर तथा भाइस मोनिटर विद्यार्थीहरुले निर्वाचनबाट निर्वाचित गरेको हो ।...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्