सुनील थापासहित ३१ जनाद्वारा राप्रपा परित्याग

 न्यूज विराट
सुनील थापासहित ३१ जनाद्वारा राप्रपा परित्याग

काठमाडौं, १० साउन-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता, पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामा पत्र बुझाएका हुन् ।

उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहसहित ३१ जना नेता कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।

नेतृत्व पुनः ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र नेतृत्व जनमत प्रतिकूल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ । संघीयता र गणतन्त्रको पक्षपाती रहँदै आएका थापा राप्रपाले लिएको राजतन्त्र र संघीयताविरोधी लाइनप्रति असन्तुष्ट थिए । थापा राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य थिए । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत हुन् ।

‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको छ । जसका कारण पार्टी दिशाहीन बनेको छ । संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ,’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरूपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।’

सम्बन्धित समाचार

विराटनगरमा रुबी इन्टरप्राइजेजले ठगि गरेको आरोप

विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...

ओलीलाई भेटेर फर्केका भीम रावलसहितका नेताहरू माधव नेपालसँग छलफलमा

एमालेको स्थायी कमिटी बैठक स्थगित गरी कार्यदलको १०बुँदे सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू कोटेश्वर पुगेका छन् । नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,...

कोरोना खोप समयमै निःशुल्क उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा संघीय मामिला, स्वास्थ्य तथा...

भारतमा पहिलो पटक महिलालाई फाँसी

एजेन्सी, माघ १–पुणेंकी यरवदा जेलमा रेणुका सिंदे र सीमा गावित विगत २४ वर्षदेखि बन्दी छन् । यी दुवै महिला दिदीबहिनी हुन् । दुवै महिलामाथि ४२ बच्चाको हत्याको आरोप छ । रेकर्डअनुसार यी दुवैका साथमा आमा...

रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...

होटल व्यवसायी संघद्वारा आयोजित रक्तदानमा ६० पिन्ट रगत संकलन

विराटनगर, ६ चैत । विराट होटल ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ । संघले नगरक्षेत्रको ट्राफिकचोकमा आज बिहान कार्यक्रम गरेको हो । रक्तदान शिवीरबाट ६० पिन्ट रगत संकलन भएको छ । शिवीरमा होटल ब्यवसायी संघका...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

जनकपुरधाम, ५ वैशाख-सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ । धनुषा प्रहरीका नायब उपरीक्षक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्