होटल व्यवसायी संघद्वारा आयोजित रक्तदानमा ६० पिन्ट रगत संकलन - News Birat

होटल व्यवसायी संघद्वारा आयोजित रक्तदानमा ६० पिन्ट रगत संकलन

न्यूज विराट

विराटनगर, ६ चैत । विराट होटल ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ । संघले नगरक्षेत्रको ट्राफिकचोकमा आज बिहान कार्यक्रम गरेको हो । रक्तदान शिवीरबाट ६० पिन्ट रगत संकलन भएको छ ।

शिवीरमा होटल ब्यवसायी संघका पदाधिकारी,सर्वसाधारण,विद्यार्थी र बटुवाहरुले रक्तदान गरेका थिए । संघको बार्षिक कार्यक्रम तालिका अन्र्तगत कार्यक्रम गरिएको विराट होटल ब्यवसायी संघका अध्यक्ष बिजयराज प्रसाईले जानकारी दिए ।

पछिल्लो समय रक्तदान शिवीरको आयोजनामा कमी आएका कारण विराटनगरस्थित ब्लड बैंकमा जहिल्यै रगतको अभाव रहने गरेको सरोकारवालाले जनाएका छन । जसका कारण विरामीहरुले सास्ती खेप्नु परेको छ ।

लकडाउन यता पछिल्लो समय आयोजना गरिएका गरिएका रक्तदान शिवीरहरुमध्ये पहिलोपटक संघको कार्र्यक्रममा ६० पिन्ट रगत संकलन भएको सम्बन्धित निकायले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles