सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

 न्यूज विराट
सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

जनकपुरधाम, ५ वैशाख-सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ ।

धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सीसीटीभी फुटेज झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा महिलाको खोजी शुरु भएको हो । कुन उद्देश्यले महिला थुक लगाएर पैसा फाले अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने उनले बताए ।

शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयका नोट फालिएको अवस्थामा देखेपछि स्थानयीले प्रहरीलाई खवर गरेको थियो ।

भारतमा समेत सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो र त्यसमा कोरोनाको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो । जनकपुरधाममा समेत स्थानीयमा सोही शंका छ । अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनी कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीयका अनुसार २ जना महिला १० र १०० को नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका थिए । उनीहरूले केही पसलका सटरमा समेत पैसा राखेको दावी गरिएको छ । जथाभावी रूपमा विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि महावीर चोकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ देखि ४० वर्षकी २ महिला जथाभावी रुपमा पैला फालेर भागेको स्थानीयले फोन गरेपछि उनको खोजी भइरहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताए । कोरोना संक्रमित व्यक्तिले तो रकम फालेको हुन सक्ने वा त्रास बढाउन कसैले त्यसो गरेको हुन सक्ने स्थानीयको अशंका छ । पैसा छोएपछि कोरोना संक्रमण हुन सक्ने अशांकामा स्थानीय भयभित बनेका छन् । सो स्थललाई सेनिटाइज गरिएको छ ।

सम्बन्धित समाचार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

एजेन्सी, ७ असोज-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको...

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...

शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग

काठमाडौं, २८ वैशाख-नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेललाई भेटेर महासंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षकको तलब बढाउन माग गरेको हो । ‘विद्यालयका कर्मचारी र...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

सुशान्तका बुबाले हाले रियाविरुद्ध मुद्दा

एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आत्महत्या गर्नुभन्दा केही...

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्