भारतमा पहिलो पटक महिलालाई फाँसी

 न्यूज विराट
भारतमा पहिलो पटक महिलालाई फाँसी

एजेन्सी, माघ १–पुणेंकी यरवदा जेलमा रेणुका सिंदे र सीमा गावित विगत २४ वर्षदेखि बन्दी छन् । यी दुवै महिला दिदीबहिनी हुन् । दुवै महिलामाथि ४२ बच्चाको हत्याको आरोप छ । रेकर्डअनुसार यी दुवैका साथमा आमा अन्जना गावित पनि दोषी पाइएकी थिइन् । एक बिरामीका कारण उनको मृत्यु भइसकेको छ । यी तीन आमा छोरीले १९९० देखि १९९६ सम्म पुणें र त्यस आसपासका शहरबाट कुल ४२ बच्चा अपहरण गरी उनीहरूको वीभत्स हत्या गरेको बताइएको छ । यो मामला सार्वजनिक भएपछि महाराष्ट्रका अखबारले लेखेका थिए कि ‘स्वतन्त्र भारतमा यस घटनाअघि यस्तो कुनै नरसंहार भएको थिएन । जब केही सीमित व्यक्तिको समूहले यति धेरै बच्चाको हत्या गरिएको छ ।’

४२ बच्चा अपहरण र उनीहरुको हत्या घटनाबारे अनुसन्धान गर्न राज्य सरकारले सीआईडी गठन गरेको थियो । यद्यपि यो टिमले पनि यी महिलाहरूमाथि अनुसन्धानका क्रममा १६ अपहरण र ६ हत्या मात्रै पुष्टि गर्न सकेको थियो । बाँकी हत्याबारे कुनै प्रमाण जुटाउन सकेन । अन्जना गावित मुख्य रूपमा नासिकमा बस्दै आएको बताइन्छ । एक ट्रक ड्राइभरसँग उनको प्रेम थियो । पछि उनले भागेर विवाह गरिन् । अन्जनाको पहिलो सन्तान रेणुका थिइन् । त्यसपछि उनका पतिले उनलाई छोडिदिए । पतिले छाडेपछि अन्जनाको अवस्था सडकमा पुगेको थियो । पछि उनले एक अवकाश सैनिक मोहन गावितसँग विवाह गरिन् ।

गावितबाट दोस्री छोरी सीमाको जन्म भयो । सीमा जन्मेको केही समयपछि नै मोहनले अन्जनालाई पनि छाडिदिए । स्थानीयका अनुसार आफू र छोरीहरूको पेट पाल्नका लागि चोरी गर्न सुरु गरेकी थिइन् । सञ्चारमाध्यमका अनुसार १९९० मा रेणुका पुणेंको एक मन्दिरमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ परिन् । रेणुकाको साथमा त्यसबेला नवजात शिशु पनि थियो । बच्चाको आडमा रेणुका भीडबाट सहानुभूति प्राप्त गर्दै त्यहाँबाट बच्न सफल भइन् । त्यसपछि नै उनको दिमागमा बच्चा चोरी गर्ने सोच पलाएको थियो । त्यसबेला रेणुकाको साथमा रहेको बच्चा उनको आफ्नै थियो कि अरु कसैको हो भन्ने हालसम्म पत्ता लागेको छैन ।

मन्दिर चोरी घटनापछि नै तीनै आमा छोरीले बच्चा चोरी गर्ने निर्णय गरे । बच्चाको साथमा चोरी गर्दैगर्दा पक्राउ परेको बेला बच्चा पाल्न चोरी गर्न बाध्य भएको भन्दै बच्न सफल हुन्थिन् । यति मात्र होइन, उनीहरू बच्चालाई सडक तथा गल्लीमा पठाएर भीख माग्न लगाउँथिन् । जब बच्चा ठूला हुँदै गए तब आफूले भनेको नमान्ने बच्चालाई कुटपिट गर्दै हत्या गर्थिन् । रेणुकाकी बहिनी सीमाले एक पटक सात महिनाको बच्चा जमिनमा पछारेरै हत्या गरेकी थिइन् । भोकाएको बच्चाले रुन नछोडेपछि रुन बन्द गराउन भुइँमा पछारेर हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पहिलो पटक भित्तामा मिल्काइन् अनि भुइँमा पटक–पटक पछार्दै ज्यान लिइन् । त्यसपछि टुक्रा–टुक्रा भएको शरीर बोरामा हालेर सिनेमा हलमा फिल्म हेर्न गएकी थिइन् ।

प्रहरीले १९९६ मा पक्राउ गरेपछि प्रहरी समक्ष उनले दिएको बयानबाट स्वयम् प्रहरी नै हैरानमा परेका थिए । अदालतमा यी दुवै बहिनीले वकिलसमक्ष आफ्नी आमालाई मुख्य योजनाकार भएको बताएका थिए । २९ जून २००१ मा सेशन कोर्टले रेणुका सिंदे र सीमा गावितलाई १४ बच्चा अपहरण गरी ६ को हत्या अभियोगमा फाँसीको सजाय सुनायो । त्यसपछि दुवै महिलाले हाई कोर्टमा बचावका लागि अपिल गरे । ३१ अगस्ट २००६ मा हाइकोर्टले दुवै सिरियल किलर बहिनीलाई फाँसीको सजाय सदर गरेको थियो ।

पछि सुप्रिम कोर्टले पनि दुवै महिलालाई फाँसीको सजाय सदर गरेको थियो । फाँसीबाट बचाउन राष्ट्रपतिसमक्ष पनि अपिल गरेका थिए । तर पूर्व राष्ट्रपतिले उनीहरुको अपराध क्षमायोग्य नभएको भन्दै अस्वीकार गरिदिएका थिए । हाल उनीहरू फाँसीको मिति कुरेर जेलमै बसेका छन् ।

सम्बन्धित समाचार

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

बाँके बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

बाँके, १९ जेठ-बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गएराती भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीअनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने...

केदार कार्कीलाई भोट दिन मिल्ने विषय होइन, मध्यावधिलाई जोगाउन विश्वासको मत दिनेछौं: पुर्वमुख्यमन्त्री राई

विराटनगर । एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको मर्म र भावनालाई आत्मसाथ गरेर एमालेले गरेको मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । कोशी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेस गरेको...

एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण...

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेस गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ११ माघमा बसेको बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्