आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

 न्यूज विराट
आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

काठमाडौं, ६ साउन-सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।

लकडाउन घोषणा गरिएको झण्डै ४ महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ ।

स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ । यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले जानकारी दिए । यस्तै, पदयात्रा, पर्वतरोहणलगायत क्षेत्रसमेत साउन १५ गतेदेखि नै सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ ।

सम्बन्धित समाचार

कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

काठमाडौं, १९ कात्तिक-कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी...

न्युयोर्क पुगे परराष्ट्रमन्त्री

पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

आन्दोलित विराटनगरका उद्योगी÷व्यवसायीलाई अर्थमन्त्री शर्माले काठमाडौं बोलाए

विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् । अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...

रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...

चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिले गरे पदस्थापन

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् । विराटनगरमा एक कार्यक्रम आयोजना गरी नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन् । नेपाल...

गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको...

धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २१ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्