कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

 न्यूज विराट
कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

काठमाडौं, १९ कात्तिक-कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए ।

यसअघि बीमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणीकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाइ भएको पनि अध्यक्ष चापागाईंले बताए । तर, अबदेखि प्रमाणीकरणका सबै प्रक्रियाहरू एक साताभित्र पूरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए ।

कुनै पनि बीमितले बीमा दाबी गर्दा पीसीआर परीक्षणमा पोजिटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताए ।

अहिलेसम्म नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । अहिले पनि बीमा कम्पनीमा करिब १३ हजार दाबी परेको अध्यक्ष चापागाईंले बताए ।

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै...

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतना र शिक्षिकाहरुलाई तालिम

विराटनगर, २६ माघ । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।...

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानवादीहरू आन्दोलित

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रर्दशन...

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना 

एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...

विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्...

सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्