धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु - News Birat

धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु

न्यूज विराट
काठमाडौं, २१ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ ।

बैठकमा सचिवालयका पाँच नेता सहभागि भएको रहेका छन् भने चार नेता अनुपस्थित रहेको छन् । अध्यक्ष दाहालसँगै पार्टी उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागि रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र ईश्वर पोखरेल भने धुम्बराही नगएको स्रोतको भनाइ छ । यता, रामबहादुर थापा र विष्णु पौडेल गृहमन्त्रालयमा छलफलमा छन् । उनीहरू छुट्टै छलफलमा रहेकाले बैठकमा सहमागि हुन नसकेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles