विराटनगर, २ साउन–नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा. लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ करोड रुपैयाँ योगदान गरेको छ ।
सुर्य नेपालले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकारलाई सहयोग प¥याउन सो रकम बराबरको योगदान गरेको हो । सुर्य नेपाल प्रा. लि का तर्फबाट कम्पनीका उपाध्यक्ष रवि केसीले शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई १ करोडको चेक हस्तान्तरण गरे ।
कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणमा प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यका साथ कम्पनीले नेपालका ७ वटै प्रदेशलाई १ करोडका दरले कुल ७ करोड सहयोग उपलब्ध गराएको छ । सूर्य नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरुमा प्रदेश सरकारलाई आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।