३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

 न्यूज विराट
३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको मितिमा विश्वासको मत लिने बताएका हुन् । उनले सत्ता गठबन्धनसँग प्रदेशसभाको बहुमत संख्या रहेकाले विश्वासको मत पाउने दाबी गरे ।

‘‘संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र लिने हो, हाम्रो सरसल्लाह हुन्छ, छलफल गर्छौं उपयुक्त समय निश्चित गरेर विश्वासको मत लिन्छौं’, उनले भने ।

थापाले मंगलबार नै प्रदेशसभाका ९३ मध्ये ४७ सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनले कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ जनाको समर्थन जुटाएका थिए । त्यसका लागि सभामुख रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले मंगलबार नै राजीनामा दिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन अनिवार्य चाहिने अवस्थामा सत्तापक्षकै कुनै प्रदेशसभा सदस्यले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएमा मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने आशंका पनि गरिएको छ ।

हाल उपसभामुख एमालेकी सुनिताकुमारी दनुवार रहेकी छन् । उनले राजीनामा दिएमा ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका गयानन्द मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ । उपसभामुखको राजीनामासम्बन्धी प्रश्नमा मुख्यमन्त्री थापाले भने, ‘आएपछि सोचौला नि, उहाँको राजीनामाको परिकल्पना हामीले गर्ने होइन नि ?’ मुख्यमन्त्री थापाले आफ्नो सरकार ४ वर्षसम्म चल्ने पनि दाबी गरे ।

सम्बन्धित समाचार

विराटनगरको बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सुचारू

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...

अर्थतन्त्रमा निराशाको कालो बादल छायो : उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी

विराटनगर । आर्थिक क्षेत्रमा केही सकारात्मक संकेतहरू देखिएको भए पनि समग्रमा अर्थतन्त्रमा निराशाको कालो बादल छाएको विराटनगरमा आयोजित एक कार्यक्रममा यहाँका उद्योगी व्यवसयाीहरुले बताएका छन् । विराटनगरमा शुक्रबार भएको मोरङ उद्योग व्यापार संघको ६८ औँ...

रंगेली विराटनगर सडक खण्डको लोहन्द्रा पुलमुनी घाइते अवस्थामा भेटिएका ऋषिदेवको कोशी अस्पतालमा मृत्यु

विराटनगर, २९ माघ । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् । हिजो बेलुका पौने ७...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

विनियोजन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्