राशिफल

सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं:कुमार पन्त

 न्यूज विराट
सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं:कुमार पन्त

काठमाडौं, ६ मंसिर । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचित कार्य समितिलाई वैधानिक काम गर्न बन्देज लगाएर नेपाल सरकारले एनआरएनएको स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् ।

सरकारले निर्वाचित कार्य समितिलाई दीर्घकालिन महत्वका निर्णय नगर्न लिखित पत्राचार गर्दै निर्वाचन गराउन संरक्षण समितिलाई जिम्मेवारी दिएको पत्र एनआरएन आइसीसीलाई पठाए लगत्तै पन्तले सो प्रतिक्रिया दिएका हुन् ।

हाल नेपालबाहिर रहेका पन्तले एनआरएनमाथि सरकारले नांगो हस्तक्षेप गरेकाले यसको सशक्त प्रतिवाद गर्ने बताए।

वर्तमान कार्य समितिले निर्वाचन गराउन खोज्दा पटक पटक सरकारले हस्तक्षेप गरेको पन्तले बताए । उनले सरकार एनआरएनमा राजनीति गर्न अग्रसर भएको आरोप लगाए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले एमालेसँग प्रतिस्पर्धा गर्न नसकेपछि एनआरएनमा राजनीति गरेको टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...