नेपाली शान्ति सैनिक मङ्गलबार माली र सेन्ट्रल अफ्रिका जाँदै   

 न्यूज विराट
नेपाली शान्ति सैनिक मङ्गलबार माली र सेन्ट्रल अफ्रिका जाँदै   

काठमाडौं, २२ असार-नेपाली शान्ति सैनिकका २ डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा ती मुलुकमा ३ महिनाअघि नै खटिई जानुपर्ने शान्ति सैनिक कोभिड–१९ कै कारण रोकिन परेको थियो । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उक्त विमानमा सेन्ट्रर अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनीयरको प्राविधिक टोली जानेछ । जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्को टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ ।

सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्को शान्ति सैनिक टोली सम्पूर्ण तालिम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ । सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ । पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ ।

नेपाली सेनालाई ४३ मिसनको अनुभव    

विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पुर्‍याइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका १२ मिसनमा रही तत् देशमा शान्ति स्थापनार्थ पाँच हजार ९१ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिकमा खटिने महिला सैनिकको सङ्ख्या हाल १८० जना छ ।

नेपाल प्रहरीका २३९ र सशस्त्र प्रहरी बलको ३४६ को सङ्ख्यामा जनशक्ति विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिरहेको छ । त्यसरी खटिने क्रममा हालसम्म ६८ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ सैनिक गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ ।

अहिले शान्ति सैनिक धेरै पठाउने मुलुकको सूचीमा नेपाल चौँथो वरियतामा छ । संयुक्त राष्ट्रसङ्घलाई नेपालले १० हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको छ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि गरेको योगदानका आधारमा फोर्स कमाण्डरलगायत उच्चतहको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आएको छ । पछिल्लो समय नेपाली सेनाका उपरथी ईश्वर हमालले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । उनी उक्त पद प्राप्त गर्ने नेपाली सेनाका छैटौँ उच्च अधिकृत हुन् ।    – रासस

सम्बन्धित समाचार

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...

क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

विराटनगर, चैत ९–विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश १ सरकारले २ करोड रुपैंयाँ उपलब्ध गराउने भएको छ । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा १...

लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगर कमिटीले विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरका लागि साढे ८ लाख रुपैयाँ सहयाेगस्वरूप उपलब्ध गराएको छ । लकडाउन लम्बिरहँदा समस्या परेका विपन्न नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री दिलाउन नेकपाले...

राजावादीको प्रदर्शन हिंस्रक भएपछि प्रशासनले लगायो कर्फ्यू

काठमाडौं– दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले अराजक प्रदर्शन गरेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार शुक्रबार अपरान्ह ४ बजेपछि कर्फ्य आदेश जारी...

मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘इन्डस्टेरियल ड्रोन क्यामेरा’

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित महमोहन प्राविधिक विश्वविद्यालयमा इन्डस्टेरियल ड्रोन क्यामेरा भित्र्याइएको छ । प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रका लागि उपयोग रहेको उक्त ड्रोन क्यामेरा अनुसन्धान केन्द्रकोरुपमा समेत स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले...

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...

उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

काठमाडौ‌ं, २६ जेठ-उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्