मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘इन्डस्टेरियल ड्रोन क्यामेरा’

 न्यूज विराट
मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘इन्डस्टेरियल ड्रोन क्यामेरा’

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित महमोहन प्राविधिक विश्वविद्यालयमा इन्डस्टेरियल ड्रोन क्यामेरा भित्र्याइएको छ । प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रका लागि उपयोग रहेको उक्त ड्रोन क्यामेरा अनुसन्धान केन्द्रकोरुपमा समेत स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले भित्र्याएको हो ।

हङकङबाट ल्याइएको सो ड्रोन क्यामेराको सफल परिक्षण समेत गरिएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा. सुवासश्री पोखरेलले करिब २५ लाख रुपैयाँका लागतमा आयात गरिएको सो ड्रोन क्यामेराले जग्गाको थ्रीडि नक्सा चाँडै बनाउन सक्ने बताए ।

उनले जग्गाको ठुलो क्षेत्रफल ड्रोन क्यामेराले खिचेर थ्रीडी सहितको नक्सा केही समय भित्रै बनाउने दावी गरे । ‘अहिलेसम्मको प्रविधिले फिताले नापेर जंगल अथवा ठुलो क्षेत्रफल भएको जग्गाको नक्सा बनाउन महिनौँ दिनसम्म लाग्थ्यो ।’ विश्वविद्यालय प्रम्ख डा. पोखरेलले भने,‘अब यो इन्डस्टेरियल ड्रोन क्यामेराले केही दिन भित्रमै थ्रीडी सहितको नक्सा बनाउछ ।’

विश्वविद्यालय प्रमु्ख डा. पोखरेलले सो ड्रोन क्यामेरा औद्योगिक क्षेत्रका लागिसमेत अतिउपयोगि रहेको जानकारी दिए । त्यस्तै सो ड्रोन क्यामेराले कृषि क्षेत्रमा विषादी छर्न, एक केजी समानसम्म एकठाउँबाट अर्को ठाउँसम्म पुर्याउनका लागिसमेत अत्यन्त उपायोगि रहेको उनले बताए । उनका अनुसार त्यति मात्र नभएर सुरक्षा निगरानीमा पनि सो ड्रोन क्यामेरा प्रयोग गर्न सकिनेछ ।

विश्वविद्यालय प्रमुख डा. पोखरेलले सो ड्रोन क्यामेरा स्थानीय तह, उद्योग प्रतिष्ठान, संघसंस्था, कृषि क्षेत्रसँग सम्बन्धीत सवै निकायले विश्वविद्यालयलाई निश्चीत शुल्क तिरेर प्रयोग गर्न सकिने जानकारी दिए । उक्त इन्डस्टेरियल ड्रोन क्यामेराले पाँच किलो मिटर क्षेत्रसम्म काम गर्न सक्छ भने एक किलोमिटर माथिसम्म उड्ने जनाइएको छ ।

सम्बन्धित समाचार

सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छः नेता कोइराला

मोरङ, २९ जेठ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी...

करको दर घटाउने विराटनगर महानगरका मेयर कोइरालाको पहिलो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले आज पदभार ग्रहण गर्नुभएको छ । मोरङको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालबाट पद तथा गोपनियताको सपथ लिनु भएका कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको...

मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे...

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन मुस्लिम आयोगको आग्रह

काठमाडाैं, ४ जेठ-राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न मुस्लिम समदुायलाई आग्रह गरेका...

९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं, १५ पुस-नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात...

करेन्ट लागेर सह–चालकको मृत्यु

विराटनगर, २४ फागुन । मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती ९ बजे दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड...

लकडाउनका कारण मिथिलाञ्चलको चैती छठ प्रभावित

लकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले कसैलाई आउन दिइरहेको छैन । सामाजिक दुरी कायम राखेर घर–घरमा मात्रै मनाउन सबैलाई आग्रह गरेको जिल्ला प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्