क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

 न्यूज विराट
क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

विराटनगर, चैत ९–विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश १ सरकारले २ करोड रुपैंयाँ उपलब्ध गराउने भएको छ । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा १ करोड रुपैया मैदानको स्तरोन्नतीका लागि र थप १ करोड रुपैया पवेलियन निर्माणका लागि उपलब्ध गराउने जानकारी दिए । मन्त्री घिमिरेका अनुसार पहिलोचरणको रकम विराटनगर महानगरपालिका अन्र्तगत खर्च गरिने बताए ।

महानगरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको कम्प्लेक्समा रहेको क्रिकेट मैदानमा ६ वटा टर्फ पिच, मैदानमा माटो भर्ने, साइड स्क्रिन, ३ स्थान पानीको बोरिङ, पानी ट्याङ्कीका लागि १ करोड रुपैया बजेट खर्च हुनेछ ।

पहिलोचरणमा प्रदेश १ सामाजिक मन्त्रालयले विराटनगर महानगरपालिका मातहतमा १ करोड रुपैया उपलब्ध गराएको छ । यसका लागि क्रिकेटका अम्पायर एवम् क्युरेटर शिरीष उपाध्यायको संयोजकत्वमा बैजनाथपुर क्रिकेट रंङ्गशाला निर्माण तथा मर्मत उपभोक्ता समिति गठन भएको छ । संयोजक उपाध्यायका अनुसार असार मसान्तभित्र उल्लेखित कार्य सम्पन्न गर्ने गरि केहीदिनबाटै फिल्डवर्क सुरु हुनेछ ।

मैदानमा निर्माण हुने पिचका लागि उदयपुरबाट रातो माटो, सुनसरीको बर्जुतालबाट कालो माटो र सेतो माटो लगाइने क्युरेटर उपाध्यायले बताए । उनका अनुसार १ करोड रुपैयामा विभिन्न कर कटाएर ८५ लाख रुपैया हुने र बाँकी १५ प्रतिशत रकम समितिले ब्यहोर्नेछ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मैदानको स्तरोन्नतीका लागि सामाजिक विकास मन्त्रालयबाट १ करोड रुपैया उपलब्ध भएको जानकारी दिए । मेयर पराजुलीले भने, ‘मैदान स्तरोन्नतीका लागि क्रिकेटमा लागेका ब्यक्तिहरुकै समूहले उपभोक्ता समिति बनाएका छन् । सोही उपभोक्ता समितिले काम गर्नेछन् ।’ मैदान महानगरपालिका भित्र भएको हुनाले यसको स्तरोन्नतीमा महानगरले विशेष चासोका साथ हेर्ने मेयर पराजुलीले जानकारी दिए ।

त्यसैगरि क्यानका एक पदाधिकारीले विगतमा भएका घटनाबाट पाठ सिक्दै अब नयाँ शिराबाट काम हुने बताँउछन् । उनले भने, हिजो के भयो त्यसमा नगइकन हामी मैदानको स्तरोन्नतीका लागि खटिनेछौ ।जिल्ला खेलकुद विकास समिति मातहत रहेको मैदान निर्माणका लागि सातौं राष्ट्रिय खेलकुदका क्रममा ६४ लाख रुपैया, त्यसपछि सामाजिक विकास मन्त्रालयबाट दुईपटक २०७४/७५ मा १ करोड ७० लाख रुपैयाँ, र २०७५/०७६ मा १ करोड रुपैया खर्चिसकेको छ ।

२०७४/७५ मा क्षेत्रीय खेलकुद विकास समितिले १ करोड ७० लाखमा मैदानको वरिपरि ड्रेन, साईडस्क्रिन, पिच र मैदानमा माटो भर्नका लागि शाह गरिमा जेभी कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । सो समय गुणस्तरहीन कमसल काम भएको जनाउँदै जिल्ला क्रिकेट संघ मोरङको तदर्थ समितिका अध्यक्ष सुनिल पौडेलसहितको टोलीले आपत्ती जनाएको थियो ।

त्यसैगरि, २०७६ सालको स्तरोन्नतीको काममा समेत विवाद आएपछि तत्कालीन बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नती ब्यवस्थापन समितिले १ करोड रुपैया रुपैयामा २६ लाख रुपैया ५७ हजार रुपैया खर्च गरेको थियो । समितिले विवाद उत्पन्न भइसकेपछि बाँकी १६ लाख ४३ हजार रुपैया मन्त्रालयलाई नै फिर्ता गरेको थियो । त्यसैगरि, सो समय ४२ लाख रुपैयामा ३ वटा घाँस काट्ने मेसिन, पिचको घाँस काट्ने १ मेसिन, पिच छोप्नका लागि समान दुई थान जुट र प्लाष्टिकको कभर र पुरै मैदान छोप्नका लागि ३ थान कभर खरिद भएको थियो ।

यस मैदानमा सातौं राष्ट्रिय खेलकुदका क्रममा क्रिकेट प्रतियोगिता, एकपटक ए डिभिजन क्रिकेट प्रतियोगिता आयोजना भएको जिल्ला क्रिकेट संघ मोरङले जनाएको छ । यद्यपी, यसबीच विद्यालयस्तरीय प्रतियोगिता पनि हुदै आएको छ ।

मैदानका लागि सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले रकम खर्च गरेपनि त्यसको मर्मत र उचित रेखदेख हुन नसकेको क्रिकेटका पदाधिकारीहरुको गुनासो छ । उनीहरु भन्छन, ‘न खर्च गर्ने निकायले त्यसको रेखदेख गर्छन् न त परिषद्ले नै । त्यसैलेपनि यसमा पटकपटक रकम खर्च हुदाँ समेत उपलब्धी भने अपेक्षाकृत रुपमा आउन सकेको छैन ।’

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्