सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

 न्यूज विराट
सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार भने नगरेको बताए ।

‘नेकपाभित्र छलफल चलिरहेको बखतमा मलाई प्रधानमन्त्री बन्नु पर्‍यो भनेर विभिन्न नेता र तथाकथित् शक्ति केन्द्रहरूबाट प्रस्ताव आएको थियो,’ नेम्वाङले सञ्चारकर्मीसँग भने, ‘तर, अहिले म प्रधानमन्त्री बन्ने बेला होइन, देशलाई राजनीतिक स्थिरता दिने बेला हो, प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री बनाउने बेला होइन भनेर जवाफ दिएको छु ।’

उनका अनुसार प्रधानमन्त्री बन्नका लागि विभिन्न नेता र शक्ति केन्द्रहरूले छलफलका लागि बोलाएका थिए तर उनी गएनन् ।  उनले कुनकुुन शक्ति केन्द्रले ‘प्रधानमन्त्री अफर’ गरेको हो, त्यो भने उनले खुलाउन चाहेनन् । उनले प्रस्तावकहरूलाई आफू प्रधानमन्त्री बन्न तयार नभएको बताए पनि भेटघाटका लागि समय भने माग गरिरहेको बताए ।

सम्बन्धित समाचार

बीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

धरान,  २९ भदौ-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना संक्रमितको मृत्यु भएको छ ।  तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  मोरङको...

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...

ग्रेडेड स्कुलमा गायन र नृत्य प्रतियोगिता

विराटनगर । ग्रेडेड स्कुलले ग्रेडेड गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा मंगबलार उक्त प्रतियोगिता आयोजना गरेको हो ।दुई समूहमा विभाजन गरेको गायन तथा नृत्य प्रतियोगिता कक्षा १ देखि ४ र ५...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदा

एजेन्सी, माघ २८–दिल्ली विधानसमा निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहान सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अरविन्द केजरिवालको आम आद्मी पार्टी (आप) ले स्पष्ट बहुमत पाउने देखिएको छ । सुरुवाती मतपरिणाममा आम आद्मी पार्टी...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्