राशिफल

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

 
बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगासहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली जनावर बाँदरले दुःख दिएको भन्दै बाँदर नियन्त्रणका लागि आग्रह गरेका हुन्। तीन दिन अघि जिल्ला सदरमुकाममा कृषि ज्ञानकेन्द्रको आयोजनामा भएको एक कार्यक्रममा ओखलढुंगाका किसानले बाँदर आंतक बढेको भन्दै नियन्त्रणका लागि पहल गर्न सांसदसँग माग गरेका थिए।

कानुनले जंगली जनावार बाँदर मार्न नपाईने भएकाले सरकारी स्तरबाटै नियन्त्रणका लागि पहल गर्ने किसानलाई आश्वासन दिएका सांसद सुनुवारले संसद बैठकबाटै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले पत्रकार शालिकराम पुडासैनीको शंकास्पद मृत्यु प्रकरणलाई गम्भीरतापूर्वक छानविन गर्न माग समेत गरेका छन्। बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा क्षति गर्न थालेपछि ओखलढुंगाका अधिकांश क्षेत्रका किसान समस्यामा छन् । आफुले नियन्त्रण गर्ने सम्भावना नरहेपछि बाँदरको समस्या बोक्दै किसानहरु प्रशासन, स्थानीय सरकार र सांसद गुहार्न बाध्य भएका छन्। किसानहरुले बाँदरकै कारण सयौ रोपनी जग्गा बाझै राख्न बाध्य समेत भएका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...