सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

 न्यूज विराट
सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गरेका हुन् । प्रधानमन्त्री ओली उक्त समूहका सदस्यहरूलाई भेटेर सरकार कोभिड-१९ नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताएको थापाले बताए।

‘प्रधानमन्त्रीज्यूद्वारा इनफ इनफ ग्रुपका अनशनकारीहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गर्नुभएको छ । र, सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्नुभएको छ’ उनले भने ।

विगत ७ दिनदेखि ‘ई:’लगायतका युवाहरू सत्याग्रहमा बसेका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि आज ह्याम्स अस्पतालमा लगिएको हो । उक्त समूहले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउन पर्नेलगायतका माग राखेर सत्याग्रह गरिरहेका छन् ।

सम्बन्धित समाचार

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

क्वारेन्टाइनमा बस्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको आग्रह

रुपन्देही, ५ बैशाख-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम...

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले दिइन् राजिनामा

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान...

सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए

राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् । सप्तरीको १८ वटै स्थानीय तहमा...

प्रतिनिधिसभाको अधिवेशन आजदेखि, एमाले भन्छ- अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ

सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...

सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै...

डिडिसिमा अनुगमन : गुणस्तर परीक्षण गर्न दूध र चिजको नमूना संकलन

विराटनगर । विराटनगरस्थित दुग्ध विकास संस्था (डिडिसि) बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना...

प्रदेश १ मा आज ४२ जना नयाँ संक्रमित थपिए, १८ जना डिस्चार्ज

विरमटनगर, ४ भदौ-प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २४ सय नजिक पुगेको छ । बिहिबार ४२ जना नयाँसंक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको हो । बिहिबार १३ महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्