चिनबाट ल्याइएको पिपिई विराटनगर आइपुग्यो, १४ जिल्लामै वितरण गरिने

 न्यूज विराट

विराटनगर, चैत १७संघीय सरकारले चीनबाट खरिद गरेर ल्याइएका एक हजार थान पिपिई आज अपरान्ह नेपाली सेनाको एनए ०६३ स्काई ट्रकबाट विराटनगर ल्याइएको छ । संघीय सरकारका प्रतिनिधिले उक्त पिपिइ प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेका छन्।

अन्य सामग्री प्राविधिक कारणले स्काई ट्रकमा ल्याउन नसकिएकाले मालबाहक ट्रकमा आइरहेको मन्त्री घिमिरेले बताए । उक्त पिपिई आजै कोरोना संक्रमणको आशंकामा उपचार भइरहेका बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई वितरण गरिने मन्त्री घिमिरेले जानकारी दिए ।

एक हजार थान पिपिइमध्ये १५०÷१५० को दरले कोशी र बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र बुधबारबाट नेशनल ट्रेडिङको भवनमा सञ्चालन हुने कोरोना अस्पतालमा २ सय र मेची अस्पतालका लागि ४६ थान प्रदान गरिने उनको भनाइ थियो ।

मन्त्री घिघिरेका अनुसार बाँकी पिपिइ प्रदेशस्थित १४ वटै जिल्ला स्वास्थ्य कार्यालयमध्ये मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, पाँचथरमा १६, ताप्लेजुङमा १८ र इलाममा २० वटा बितरण गरिनेछ ।

सम्बन्धित समाचार

मास्क नलगाई हिँड्ने ६४ जना पक्राउ

लहान, २४ असार-मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी...

क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...

२४ घन्टामा २४६ संक्रमित थपिए, १११ जना डिस्चार्ज

काठमाडौं, १८ साउन-पछिल्लो २४ घन्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४ घन्टामा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका...

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

मोरङको धनपालथानबाट १ हजार ५ सय केजी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...

चन्द्रागिरीका ६५ जनामा आरडीटी पोजिटिभ

काठमाडौं, १० जेठ-चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएसँगै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडीटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिए । ‘विभिन्न जिल्लाबाट...

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्