
काठमाडौं, १६ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा शनिबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ । उनीहरूबीच सरकारले बिहीबार प्रस्तुत गरेको आर्थिक वर्षको बजेट, संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल भएको बताइएका छन् ।