प्रदेश १ का ८ जिल्ला कोरोना मुक्त

 न्यूज विराट
प्रदेश १ का ८ जिल्ला कोरोना मुक्त

विराटनगर, असार १२-प्रदेश नं. १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरङको विराटनगरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी झापाको दमक नगरपालिकाका १ महिला र २ पुरुष, मेचीनगर नगरपालिकाका १ पुरुष, सुनसरीको कोशी गाउँपालिकामा ३ महिला र ५ पुरुष, देवानगञ्ज गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेस मेहताले जानकारी दिए ।

शुक्रबार पुष्टि भएकासँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ५ सय १९ पुगेको छ । प्रदेश १ को झापा जिल्लामा हालसम्म सवैभन्दा बढी २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, मोरङमा १ सय ३३, सुनसरीमा ८५, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, उदयपुरमा ५२, सोलुखुम्बु र ओखलढुंगामा १÷१, संखुवासभा र इलाममा २÷२, तेह्रथुम र पाँचथरमा ३÷३, र ताप्लेजुङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना जितेर घर फर्किनेको संख्या बृद्धि भएसँगै १ नं. प्रदेश क्रमशः कोरोना मुक्त हुँदै गएको छ । प्रदेशका धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, इलाम र ताप्लेजुङ जिल्ला कोरोना मुक्त भएको छ । संक्रमित कोरोना जितेर डिस्चार्ज भएसँगै ती जिल्ला कोरोना मुक्त भएका हुन् ।

प्रदेशमा शुक्रबारसम्म कोरोना पुष्टि भएका मध्ये ३ सय ७७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । १ नं. प्रदेश अन्तर्गत झापा जिल्लामा संक्रमण पुष्टि भएका मध्ये १ सय ६५, मोरङका ८३, सुनसरी ५६, धनकुटा ८, भोजपुर ६, खोटाङ ४, उदयपुर ४१ सोलुखुम्बु १, संखुवासभा २, तेह्रथुम ३, इलाम २, पाँचथर २ र ताप्लेजुङका ४ जना कोरोना जितेर घर फर्किएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार पुष्टि भएकासँगै १ सय ४२ जना उपचाररत रहेका छन् । प्रदेश १ मा हालसम्म २१ हजार ६ सय १४ जनाको नमुना संकलन तथा पिसिआर परिक्षण गरिएको छ । २ हजार २ सय ७९ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको सेन्टर मलद्धारा कालोबजारी, दोब्बर नाफामा सामान बिक्रि गर्ने गरेको खुलासा

विराटनगर, २६ कात्तिक–मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरले कालोबजारी गर्ने गरेको पाइएको छ । सेन्टर मलले उपभोक्तलाई दोब्बर बढी मुनाफा राखेर ठगि र्ने गरेको फेला परेको हो । बाणिज्य, आपूर्ति...

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

सिन्धुपाल्चोक, २७ कात्तिक-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५...

कानुन सचिवसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौं, १४ माघ ।स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र कानुन सचिवबीच आयोगमा छलफल चलिरहेको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र  आयोगका पदाधिकारबीच भइरहेको हो । आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै अएको...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई...

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्