कानुन सचिवसँग निर्वाचन आयोगको छलफल जारी - News Birat

कानुन सचिवसँग निर्वाचन आयोगको छलफल जारी

न्यूज विराट

काठमाडौं, १४ माघ ।स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र कानुन सचिवबीच आयोगमा छलफल चलिरहेको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र  आयोगका पदाधिकारबीच भइरहेको हो ।

आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै अएको निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित कानुनबारे मन्त्रालयसँग छलफल गर्न लागेको हो । आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताइरहे पनि सरकार भने ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारीमा छ ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न समय मागे पनि प्रधानमन्त्रीले समय दिएका छैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles