
विराटनगर, २६ कात्तिक–मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरले कालोबजारी गर्ने गरेको पाइएको छ । सेन्टर मलले उपभोक्तलाई दोब्बर बढी मुनाफा राखेर ठगि र्ने गरेको फेला परेको हो । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले सेन्टर मलमा अनुगमनको क्रममा खरीद मूल्य भन्दा दोब्बर बढि मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ (१) ख बमोजिक २ लाख रुजरिवाना गरेको छ ।
उपभोक्तासँग खरिद मुल्य भन्दा दोब्बर बढण्ी मुनाफा राखेर बिक्रि गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताए ।
सेन्टरर मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार गरि उपभोक्तालाई भाईमसला काजुमा १ सय ११ प्रतिशत मुनाफा राखि विक्री वितरणको गरेको थियो । कानून अनुसार खरीद मूल्यको २० प्रतिशतभन्दा बढि लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।
कार्यालयले अनुगमनको क्रममा मलले तिहारमा प्रयोग हुने भाई मसला काजु बजारबाट प्रतिकेजी ११ सय ६५ रुपैयाँ प्रतिकेजी खरिद गरी २२ सय ५० रुपैयाँ प्रति केजीका दरले बिक्री वितरण गरेको अनुगमनमा फेला पारेको थियो ।
मलले अत्याधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि अनुगमन गरिएको उनले बताए । मलका व्यवस्थाक गिरिश राठीले थोक विक्रेताबाट काजु प्रतिकेजी १८ सय रुपैयाँमा खरिद गरेकोमा सो अनुसार विलविजक प्राप्त नभएको दावी गरे ।