दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

 न्यूज विराट
दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मैनालीको अवस्था गम्भीर रहेका कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौ लगिएको हो ।

घाइते सबैलाई लिन नेपाली सेनाको हेलिकप्टर बर्दिबासस्थित मध्यपूर्वी प्रितना नेपाली सेनाको क्याम्पमा अवतरण गरेको थियो । अस्पतालबाट त्यहाँसम्म घाइतेहरूलाई एम्बुलेन्समा लगिएको थियो । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा मैनाली गम्भीर घाइते भएका थिए ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना४च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् । बुहारी पूजाका दुवै खुट्टा मर्किएकोे बताइएको छ ।

सम्बन्धित समाचार

काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले पद सम्हालेको एक सय दिनमा १० करोड नागरिकलाई खोप दिने लक्ष्य रहेको बताएका छन् ।  बाइडेनले आफ्नो कार्यकालको सुरुमा नै महामारी अन्त्य गर्न नसकेपनि आफूले कोभिड–१९ को बाटो भने मोड्ने बाचा...

हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

३० भदौभित्र स्थानीय तहका रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन

काठमाडौं, २६ भदौ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले  समितिलाई पत्र लेख्दै यही ३० भदौभित्र आफू मातहतका...

प्रदेश २ लाई महिलामैत्री समाजको स्वास्थ्य सामग्री सहयोग

महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् । आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम...

क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बर्दिया, ६ असार-बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका-३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २ साताअघि काठमाडौंबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्