चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

 न्यूज विराट
चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, असार ११–प्रदेश–१ मा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । आज बिहानदेखि परेको पानी तथा चट्याङले मोरङको सुनबर्षी नगरपालिकाका एक जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जना गरी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो पौने २ बजे परेको चट्याङले लागेर मोरङको सुनवर्सी नगरपािलका ५ रमनपुर टोलका ७० बर्षिय महादेवलाल दासको मृत्यु भएको हो । खेतमा धान रोपिरहेको अवस्थामा अविरल वर्षासंगै परेको चट्याङ लागेर उनको घट्नास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका १३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको समेत चट्याङले लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरी बर्षासंगै परेको चट्याङबाट घाईते भएका थिए ।उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उता ओखलढुंगाको लिखु गाँउपालिका ६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हँुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु–४ का २२ बर्षिय सुदर्शन खत्री रहेका छन ।

आज बिहान प्रदेश नम्बर ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागी लिखुबाट गाम्नाङटारतर्फ जाँदै गर्दा अनियन्त्रित भई कात्तिक भिरबाट २ सय मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

जनकपुरधाम, ५ वैशाख-सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ । धनुषा प्रहरीका नायब उपरीक्षक...

मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा जमेको पानी निकालियो, ७५ वर्षीय विरामीको सफल उपचार

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा पानी जमेको एक जना विरामीको सफल उपचार भएको छ । भारतको फारवीजगन्ज घर भएका ७५ वर्षीय प्रदिप मिश्राको...

पूर्वमन्त्री मण्डलले कार्यक्रममै गरे २१ लाख दिने घोषणा

विराटनगर, फागुन १९–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जहदा गाउँपालिकामा शिव मन्दिर निर्माणका लागि २१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । लोकप्रीय एवम् विकाप्रेमी नेताका...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

तेली कल्याण समाजद्धारा रक्तदान, ५१ पिन्ट रगत संकलन

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित विराटनगरस्थित सेन्टर मल अगाडी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो...

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...

एमाले महाधिवेशन: भारतीय कम्युनिष्ट पार्टीसहित विदेशी ६० पार्टीलाई निम्तो

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्