मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा जमेको पानी निकालियो, ७५ वर्षीय विरामीको सफल उपचार
मङ्गलबार, ०८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा पानी जमेको एक जना विरामीको सफल उपचार भएको छ ।
भारतको फारवीजगन्ज घर भएका ७५ वर्षीय प्रदिप मिश्राको मकालु एभरेष्ट हस्पिटलमा सफल उपचार भएको हो । मस्तिष्कमा पानी जमेको कारण मिश्रा लामो समयदेखि थला परेर बसेका थिए । उनको पिसाब चुहिने, हिडडुल गर्न नसक्ने र बोलेको कुराहरु बिर्सने समस्याले पीडित थिए । उनी विराटनगरको थुप्रै अस्पताल पुगे । उपचारमा संलग्न फिजिसियन चिकित्सक डा. दीपक सिग्देलले न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवसँग थप उपचारको लागि पढाइदिए । त्यसपछि डा. यादवले मकालु एभरेष्ट हस्पिटलमा मिश्राको मस्तिष्कमा अत्याधिक धेरै जमेको पानी शुक्रबार ‘भीपी’ सर्जरी गरेर सफल उपचार गरेका छन् ।
‘विरामीको मस्तिष्कमा धेरै पानी जमेको थियो । मेडिकल भाषामा यसलाई एनपीएच अर्थात नर्मल प्रेसर हाइडोसिफलक्स भनिन्छ । यसको समस्याले गर्दा विरामीलाई हिडडुल गर्न समस्या हुन्छ । विरामी हस्पिटल आएपछि हामीले टाउँको सानो दूलो बनाएर शल्यक्रिया गरिएको हो,’ उपचारमा संलग्न चिकित्सक यादवले भने, ‘उपचार सफल भएपछि विरामी अहिले डिस्चार्ज हुनुभएको छ ।’ ब्रेनमा इन्फेक्सनको कारणले पनि विरामीलाई यस्तो समस्या देखा पर्ने उनले बताए ।
गत बिहीबार अस्पताल भर्ना भएका मिश्रको शुक्रबार डा. यादवसहितको टिमले शल्यक्रिया गरेको थियो । त्यसपछि मंगलबार मिश्रको डिस्चार्ज भएको छ । डिस्चार्ज पछि विरामीको भान्जी गीता शर्मा अधिकारीले मामाको सफल उपचार भएपछि खुसी व्यक्त गरिन् । ‘मामा विरामी भएपछि थला पर्नु भएको थियो । बोलेको कुरा भुल्ने गर्नुहुन्थ्यो । उपचारपछि अहिले मज्जासँग हिडडुल गर्न सक्ने हुनुभएको छ । उपचारमा संलग्न चिकित्कसप्रति आभारी छु,’ मामाको डिस्चार्जपछि उनले भनिन् ।
वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...
विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...
विराटनगर । मोरङको केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईलाई खुकुरी प्रहार गर्ने लेटाङ नगरपालिका–१...
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...
जनकपुरधाम, पुस ७–जनकपुरको शुक्रबारे बजार नजिकै फेरि आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन्...
एजेन्सी, जेठ २८-ब्राजीलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ बाट मृत्यु हुनेको तथ्यांक पुनः जोड्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरसको तथ्यांक पारदर्शी ढंगले सार्वजनिक गर्न आदेश दिएको थियो । दुई दिनअघि...
काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...