पूर्वमन्त्री मण्डलले कार्यक्रममै गरे २१ लाख दिने घोषणा

 न्यूज विराट
पूर्वमन्त्री मण्डलले कार्यक्रममै गरे २१ लाख दिने घोषणा

विराटनगर, फागुन १९–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जहदा गाउँपालिकामा शिव मन्दिर निर्माणका लागि २१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

लोकप्रीय एवम् विकाप्रेमी नेताका रुपमा चिनिदै आएका सांसद मण्डलले मोरङ क्षेत्र नं. ५ को जहदा गाउँपालिका–४ स्थित स्थानीय जनताको चाहना अनुरुप शिव मन्दिर निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत २१ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जहदा गाउँपालिका–४ स्थित सोहलमा अष्टजामको समापनमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले स्थानीय जनताको चाहना शिव मन्दिर निर्माण गर्ने भएकाले आफ्नो तर्फबाट २१ लाख दिने घोषणा गरे । विकासप्रेमी, युवा नेता आफ्नो जनप्रतिनिधिका रुपमा पाएपछी स्थानीयले आफ्नो मतको सदुपयोग भएको बताएका छन् ।

उनीहरुले जनताका पिर मर्का र स्थानीय समस्या तत्काल समाधान गर्न सांसद मण्डलले स्थानीय, प्रदेश तथा संघिय सरकार मार्फत पहल गर्दै आएकोमा खुशि व्यक्त गरेका छन् । मन्दिर निर्माणका लागि सांसद मण्डलले सहयोग गर्ने घोषणा गरेसँगै स्थानीय थप हर्षित भएका छन् ।

सांसद मण्डलले प्रतिनिधिसभामा आम किसान, आधारभुत तहका जनताको अवश्यकता र अधिकारका लागि जोड्दार रुपमा आवाज उठाउँदै आएका छन् । सांसद मण्डल बोलेर भन्दा पनि गरेर देखाउने स्वभाव भएको नेतामा पर्दछन् ।

सम्बन्धित समाचार

प्रचण्डसँगको भेटमा विष्णु पौडेलले भने : परिस्थिति धेरै गम्भीर छ

काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।...

कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगर, साउन ३२–कोरोना सर्ने डरले कोही पनि छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । विराटनगर–की एक मृतक शनिबार मृत्यु भएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले...

चलचित्र पत्रकार कोशीको अध्यक्षमा राई, मोरङमा प्रेम देवान

विराटनगर । चलचित्र पत्रकार संघ कोशी प्रदेशको अध्यक्ष धरानकी सन्जु राई चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा विरेन्द्र कुमार साह, सचिबमा सुवास संकल्प, सह–सचिब बिवल श्रेष्ठ र कोषाध्यक्षमा रश्मि थापा रहेकी छिन्...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

महतोमाथि निर्घात कुटपिट, मोरङ प्रहरीले जाहेरी नलिदा न्याय नपाएको पीडितको गुनासो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् । मोरङको नयाँबजारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्