तेली कल्याण समाजद्धारा रक्तदान, ५१ पिन्ट रगत संकलन
आइतबार, २८ असोज, २०८०,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित विराटनगरस्थित सेन्टर मल अगाडी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो चरणमा रक्तदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक जगतलाल साहुले बताए ।
नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा गरिएको सो रक्तदान कार्यक्रममा ५१ पिन्ट रक्त संकलन भएको छ । शिवीरमा समाज आबद्ध पदाधिकारी सहित सर्वसाधारणले रक्तदान गरेका थिए ।
समाजले आफ्नो क्यालेन्डरमा उल्लेख गरेका कार्यक्रमहरु मध्ये यो कार्यक्रम पनि रहेको र रगतको माग दिनानुदिन बढदै गएको तर आपुर्ति कम भईरहेको अवस्थालाई मध्यनजर गरेर शिविर आयोजना गरिएको तेली कल्याण समाज नेपालका मोरङ अध्यक्ष डा. बालकृष्ण साहले बताए ।
रक्तदान लगतै सोहि स्थानमा वडादशै, दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा समाजका विराटनगर वडा १ अध्यक्ष पुष्प साह, वडा २, ३ का अध्यक्ष निसान्त साह, वडा ४ का अध्यक्ष दिलिप साह,वडा ५ का अध्यक्ष सुरेश साह,वडा ६ का अध्यक्ष रामप्रसाद साह,वडा ८ का अध्यक्ष अलिपचन सुरज साह,वडा १० का अध्यक्ष सज्जन साह,वडा १४ का अध्यक्ष देव नारायण साह,वडा १८ का अध्यक्ष कन्हैया साह त्यस्तै सुनवर्षी पालिका अध्यक्ष महेशलाल साह, ग्रामथान पालिका अध्यक्ष प्रदिप कुमार साह, रंगेली नगर अध्यक्ष अशेश्वर साह,विराटनगर महानगर अध्यक्ष सञ्जय साह, जिल्ला महिला समिति अध्यक्ष अम्विका साह, शिक्षा तथा स्वास्थ समितिका सदस्यहरु,जिल्ला सदस्य, पदाधिकारी तथा सल्लाहकारहरु र केन्द्रीय सदस्य नरेन्द्र साह लगायत १०० भन्दा बढिको उपस्थिति रहेको कार्यक्रम संयोजक जगतलाल साहुले बताए ।
विराटनगर, बैशाख २६–कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार दिउँसो १ बजे लिने छन्...
काठमाडौं, १६ भदौ-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको निधन भएको छ । २४ घण्टाको अवधिमा ४ वर्षीया बालिकासहित ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी...
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला...
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट...
एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको...
विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...
विराटनगर, फागुन ८–विराटनगरमा जारी विराट एक्स्पोमा हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिएको छ । आजदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । आजदेखि शनिबारसम्म २५ प्रतिशत छुटको व्यवस्था...